काठमाण्डौमा " गलकोट अन्तराष्ट्रीय मूर्तीकला कार्यशाला २०७६" तयारी र भावी योजना-कार्यदिशा तर्जुमा विषयमा  खुल्ला छलफल

2020, Jan 19

काठमाण्डौमा " गलकोट अन्तराष्ट्रीय मूर्तीकला कार्यशाला २०७६" तयारी र भावी योजना-कार्यदिशा तर्जुमा विषयमा  खुल्ला छलफल

काठमान्डौ , माघ ४ 
गलकोट कला प्रतिष्ठान , गलकोट ; गलकोट घुम्टे  विकास मंच काठमाडौ ; वागलुंग गलकोट महिला समूह काठमाडौ र काठमाडौमा रहनु हुने गलकोट सम्वद्द वुद्दीजीवीहरु बिच  आज नेरीक एकेडेमी शंकमुलमा  "गलकोट अन्तराष्ट्रीय मूर्तीकला कार्यशाला २०७६" विषयमा  खुल्ला छलफल कार्यक्रम सम्पन्न भय को छ ।  आगामी फाल्गुन ५ गतेवाट संचालन हुने कार्यशाला को  आज सम्मको तयारी र भावी योजना-कार्यदिशा सम्वन्धीमा पनि  छलफल सम्पन्न भयो ।

मिति २०७६ पुस २७ गते सनिबार दिउसो १ बजे संखमुल काठमान्डौ स्थित नेरिक एकेडेमिमा, मिती २०७६ पुष ५ गते देखि २१ गतेसम्म्म आयोजना गर्न लागिएको " गलकोट अन्तराष्ट्रिय मुर्तिकार्यशाला २०७६"  को प्रवर्दन एवं प्रचार उद्देश्यले गलकोट घुम्टे बिकास मन्च  काठमाडौं ले आयोजना गरेको भेलाले सिफारिस १३ जनाको काठमाडौ उप - समितीलाई प्रतिष्ठानका अध्यक्ष क्या. पुर्ण बहादुर रानाले अनुमोदन गरेको जानकारी गराउनुभयो।

कर्यक्रममा बोल्दै रानाले, "मुर्तिकार्यशाला गलकोटवासीको  मात्र नभई सिंगो राष्ट्रको प्रतिष्ठा र इज्जत संग जोडिएकोले यस कार्यलाई सफल रुपमा सम्पन्न गर्नका लागी सम्पुर्ण गलकोटवासी एक हुनुपर्ने र समृद्ध गलकोट निर्माणमा जुनसुकै सहयोगका लागी खुल्ला दिलले अगाडी आउनुपर्ने वताउनुभयो।"
कार्यशाला संयोजक मुर्तिकार, प्राज्ञ ओम खत्रीले मुर्तिकारहरुको ब्यवस्थापन ,तय- तरिका र यस्ता कार्यशाला गर्दा विभिन्न ठाउं परिवेशमा रहि आएको ब्यवस्थापन नजीर सम्बन्धमा प्रष्ट पार्नुभयो।

कर्यक्रममा बोल्दै गलकोट घुम्टे बिकास मंच काठमाडौंका अध्यक्ष, कार्यशाला आयोजना काठमाडौं आर्थिक उपसमितीका संयोजक प्रसान्त ढकाल र घु. वि. मंच काठमाडौंका सचिव , कार्यशाला आयोजना काठमाडौं आर्थिक उपसमिती स. सचिव मिलन कडेलले कार्यशालालाई सफल पार्नकालागि आर्थिक व्यवस्थापन , पारदर्शीता , सटिक कार्य व्यवस्थापन  विषयमा धारणाहरु ब्यत्त  गर्नुभयो।

शनिबारको कार्यक्रममा गलकोट कला प्रतिष्ठानका तर्फबाट अध्यक्ष क्या. पुर्ण बहादुर राना, सुनमाया ढकाल, फमलाल निउरे, हर्क पाण्डे र योगेश भण्डारीको सहभागिताका साथै गलकोट  घुम्टे बिकास मंच काठमाडौं र बाग्लुङ्ग  गलकोट महिला समुह प्रतिनिधिहरु, प्रभु बैंक प्रदेश ३ निर्देशक  चन्द्र खत्री, सहिद थीर बम मल्ल फाउन्डेसन का अध्यक्ष मंजेश वम मल्ल, कार्यशाला संयोजक मुर्तिकार, प्राज्ञ ओम खत्री लगाएको उपस्थिती रह्यो।

कार्यक्रमलाई प्रतिष्ठानको सचिव सुनमाया ढकालले संचालन गर्नुभ​एको थियो। 

 

काठमाण्डौमा गठित आर्थिक उप-समिति 
संयोजक : प्रशान्त ढकाल 
उप-संयोजक : ज्योति श्रेष्ठ 
स. सचिव : मिलन कंडेल 
सदस्य: थमन बहादुर बस्नेत        खडक बस्नेत               गीता बोहोरा 
           बिनोद गौचन                शालिग्राम शर्मा            भुपिन्द्र खत्री 
           विराज सुबेदी                 गणेश चालिसे             तारा न्यौपाने            इल्सन थापा 

 

More Blogs